मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार १६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको राजीनामासँगै चोलेन्द्रप्रवृत्तिको पनि अन्त्य हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १६:४९:oo

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामासँगै चोलेन्द्रप्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताएका छन्। बारको आन्दोलन सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। जारी आन्दोलनले बार वाचडगको रूपमा रहेको नागरिकले बुझिसकेका भन्दै उनले अहिले सेवाग्राहीले पैसा नतिरी न्याय पाउने अवस्था आएको बताए।

‘बार आन्दोलनले बार वाचडगको रूपमा छ, यसले छाड्दैन भन्ने जनमानसमा परेको छ। अहिले सेवाग्राहीले पैसा नतिरी न्याय पाउने अवस्था आएको छ। समयमा न्याय पाउनुपर्छ भन्ने अवस्था तयार पार्नमा हामी लागिरहेका छौँ। बिचौलिया नियन्त्रण संयन्त्र आवश्यक छ भन्ने न्यायाधीश  हरिकृष्ण कार्कीको प्रतिवेदनमा पनि छ। त्यसको कार्यान्वयन पनि अगाडि बढाउनुपर्छ। हामीले प्रधानन्यायाधीशको राजीनामासँगै चोलेन्द्रप्रवृत्तिको अन्त्य पनि चाहेका छौँ। यो विषय संघीय संसद् र राजनीतिक दलको समेत विषय बनिसकेको छ,’ उनले भने।