१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Thursday, 03 July, 2025
२o७८ माघ २४ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्षका प्रत्याशी नै अटेनन् दोलखा एमालेको जिल्ला कमिटीमा, नेतृत्वलाई जितको दम्भ भएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १४:५१:oo

नेकपा (एमाले) दोलखाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका नेता नै जिल्ला कमिटीबाहिर परेका छन्। नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले १६ जना जिल्ला सदस्य मनोनीत गर्दा अध्यक्षका प्रत्याशी भरतप्रसाद दुलाल भने कमिटीमा अटाएका छैनन्।

शुक्रबार र शनिबार सम्पन्न दोलखा एमालेको पहिलो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न  एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनमा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुलाललाई कुनै पनि जिम्मेवारी दिइएको छैन। बैठकका निर्णय सार्वजनिक गर्दै एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले नवौँ जिल्ला अधिवेशनमा मनोनयनपत्र दर्ता गर्ने कुनै पनि उम्मेदवारलाई जिल्ला कमिटीमा मनोनीत नगर्ने निर्णय भएको बताए।

गत पुस २५ मा सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले स्थानीय तहको इन्चार्ज र सहइन्चार्ज तोक्नुका साथै विभिन्न विभाग र जिल्ला सदस्यहरू मनोनीत गरेको छ। दोलखाका नाैवटा स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज तथा विभिन्न विभाग र १६ जना जिल्ला सदस्य मनोनीत गर्दा अध्यक्षका प्रत्याशी उम्मेदवार नै जिल्ला कमिटीको कुनै पनि जिम्मेवारीमा नपरेपछि उनीनिकट नेता–कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्।  जिल्ला अधिवेशनमा दुलाल नरबहादुर श्रेष्ठसँग  पराजित भएका थिए। शैलुङ गाउँपालिकाका अध्यक्षसमेत रहेका दुलाल यसअघि एमाले दोलखाको सचिव थिए।

पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङलगायतका नेताहरू श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाउन लाग्दा दुलालले असहमति जनाएकाले पनि उनी जिल्ला कमिटीमा नअटाएको हुन सक्ने दोलखा एमालेका एक नेताले बताए। उनले भने, ‘उहाँले लोकतान्त्रिक अभ्यास गर्न खोज्नुभयो, त्यसैका कारण नै उहाँलाई जिल्ला सदस्यसमेत मनोनीत गरिएन।’

अध्यक्षका प्रत्याशी रहेका नेता दुलालले वर्तमान जिल्ला कमिटीको नेतृत्वलाई जितको धेरै दम्भ भएको आरोप लगाएका छन्। उनले आफू अध्यक्षको उम्मेदवार भएकाले जिल्ला सदस्य आफ्नो रोजाइ नभएको भन्दै पार्टीमा एकलौटी निर्णय गर्नुले समग्र संगठनमा नै राम्रो नहुने बताए।