१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:५३:oo

रुपन्देहीको बुटवलमा आज बिहान सवारी  दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाणका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका– १२, तामनगरस्थित कोरियन टेक्निकल कलेजअगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको तर सडकमा रोकिरहेको अवस्थाको ना.२ख ९७७२ नम्बरको ट्रकसँग लु.३च ४४४२ नम्बरको कार ठोक्किएको थियो । दुर्घटनामा परी बुटवल– १३ का अन्दाजी २८ वर्षीय सविन चौधरी, सोही ठाउँकै अन्दाजी २७ वर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाणले बताए ।

दुर्घटनामा भागीरथ चौधरी र अनिश जिसी घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad