मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Tuesday, 15 July, 2025
२o७८ माघ २३ आइतबार o८:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षाले १५ करोडबराबरको काँचो इँटा नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार o८:५९:oo

भट्टामा पोल्न चाङ लगाएर राखिएको काँचो इँटा हुरीसहित आएको वर्षाले गल्दा करिब १५ करोड रुपैयाँबराबरको नोक्सानी भएको इँटा व्यवसायीहरूले बताएका छन् । नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहका अनुसार सिरहाका विभिन्न ठाउँमा सञ्चालन गरिएका ५५ वटा भट्टामा पोल्न चाङ लगाएर राखिएको करिब पाँच करोड थान काँचो इँटा गलेको हो ।

बिहीबार रातिदेखि हुरीसँगै वर्षा हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा गल्दा इँटाको मुख्य सिजन रहेको अहिलेको समयमा व्यवसायीहरूलाई ठूलो नोक्सानी भएको अध्यक्ष साहले बताए ।

गोलबजारस्थित श्री सागर इँटा उद्योगका सञ्चालकसमेत रहेका साहले आफ्नै उद्योगमा राखिएको करिब १५ लाख थान काँचो इँटा पानीले गलेर काम नै नलाग्ने भएको बताए । ‘कोरोना महामारीमा आर्थिक रूपले थलिएका इँटा व्यवसायीहरूलाई हिउँदे वर्षाले काँचो इँटा गलेपछि झन् समस्या भएको छ,’ उनले भने । 

स्थानीय गणपति इँटा उद्योगका सञ्चालक कृष्णा महतोले आफ्नो उद्योगमा वर्षाले करिब १० लाख थान बढी इँटा गलेको बताए । गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक धर्मनाथ साहले भने, ‘भट्टामा पोल्न राखिएको करिब आठ लाख थान इँटा गल्दा २४ लाख रुपैयाँ क्षति भएको छ ।’