१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २२ शनिबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मारवाडी सेवा समितिलाई पाँच महिनाको तलब दिने मन्त्री आलेको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १७:५o:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन्। समितिको ६९औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशालामा आयोजित निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो घोषणा गरेका हुन्।

समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा सहयोग गर्दै आएको र उक्त सेवामा थप विस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने आलेले बताए। उनले भने, ‘सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु।’ 

उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका नागरिकलाई निःशुल्क रूपमा कृत्रिम खुट्टा वितरण गरिएको पशुपति धर्मशाला गौलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिए। समितिले खुट्टा गुमाएका नागरिकलाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गर्दै आएको छ। रासस