१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुजिता हत्या प्रकरण : उच्च अदालतको आदेशपछि धरौटीमा छुटे सुजिताका बाबु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३४:oo

सुजिता ठाकुर हत्या काण्डमा मुछिएका उनका बाबु कामेश्वर पाण्डेय एक लाख धरौटीमा छुटेका छन्। बिहीबार उच्च अदालत जनकपुरले कामेश्वरलाई धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ भने हत्याका मुख्य अभियुक्तसहित शव व्यवस्थापनमा सहयोगी भूमिका निभाएकाहरूलाई जिल्ला अदालतको आदेश सदर गरेको छ।

सुजिता हत्या प्रकरणमा मृतकका बुबा कामेश्वरलाई समेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकोमा पीडित पक्षले पुनरावेदन गरेको थियो। पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालतले उनलाई एक लाख धरौटीमा तारेखमा छोड्न आदेश दिएको हो।

मुख्य अभियुक्त मृतकका देवर रूपेश ठाकुरलाई भने पुर्पक्षमै राख्न उच्च अदालतले आदेश दिएको हो। उच्च अदालतको बेन्च नम्बर १ मा मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश शकुन्तला घिमिरेको संयुक्त इजलासले कामेश्वरलाई धरौटीमा छाड्न आदेश दिई अन्यको हकमा जिल्लाकै आदेश सदर गरेको हो।

गत श्रावण २६ गते महोत्तरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले मृतकका बुबा पिपरा गाउँपालिकाको रतौलीनिवासी कामेश्वर पाण्डेय र लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका देवर रूपेश ठाकुरलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। हत्यापछि शव व्यवस्थापनमा नाम जोडिएका भ्रमरपुरानिवासी ३७ वर्षीय बन्ठा भन्ने किशोर मण्डल, सोही ठाउँ बस्न ३३ वर्षीय मुल्ला भन्ने आदम राइन, ३२ वर्षीय नथुनी मण्डल र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ कुटी पोखरी बसहैया बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई एक एक लाख रुपैयाँ धरौटीमा छोडिएको थियो। मृतकका नन्द भंगहा नगरपालिका–१ कविलासा घर भई जनकपुर बस्दै आएकी ३५ वर्षीया अन्जु ठाकुर (चौधरी)लाई १० हजार धरौटीमा छाडिएको थियो ।

ad
ad