१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

तीन व्यवसायीको हत्यामा संलग्न थप दुई आरोपी पक्राउ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

मोरङको धनपालथान र ललितपुर गोदावरीस्थित ठेचोमा भएको तीन व्यवसायीको हत्यामा संलग्न थप दुई आरोपीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। ललितपुर र मोरङमा भएको हत्याको ‘कनेक्सन’ एउटै भएको सूचना बाहिरिएपछि फरार गिरोहका थप दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपलिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवा गाउँ बस्ने १८ वर्षीय मोहम्मद हकिम रहेका छन्। प्रहरीले यसअघि २१ माघमा  व्यवसायीको हत्यामा संलग्न तीनजनालाई सार्वजनिक गरिसकेको छ। मोरङ धनपालथान गाउँपालिका–७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम, जहदा गाउँपालिका–४ सिसबनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मुख्य योजनाकार सिराहा नगरपालिका–२१ घर भई काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल यसअघि नै पक्राउ परिसकेका छन्।

व्यवसायीको हत्यामा अझै केही व्यक्ति संलग्न रहेको र उनीहरूको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित थेचोमा रहेको प्रदीपकुमार थापाको घरछेउमा २८ मंसिरमा हत्या गरी खाल्डो खनेर गाडिएका तेह्रथुमको संक्रान्ति गाउँपालिका–२ का ६३ वर्षीय मोहन लिम्बूको शव २० माघमा बरामद गरेको थियो। यसैगरी, मोरङको धनपालथान गाउँपालिका–७ स्थित बोर्डिङ टोलनजिकै रहेको उखुबारीमा गाडेको अवस्थामा १२ र १३ माघमा सुनसरी धरान उपमहानगरपलिका–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको शव फेला परेको थियो।

तीनै व्यवसायीको हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डलले भाडाका ‘किलर’हरूलाई ‘सुपारी’ दिएर हत्या गर्न लगाएका थिए। मण्डलले जग्गा बिक्रीबापतको कमिसनका लागि पहिले ललितपुरमा २८ मंसिरमा साभेदार लिम्बूको र त्यसपछि विराटनगर बोलाएर ५ पुसमा राजेन्द्र र ७ पुसमा शम्भु चौधरीको हत्या गराएका थिए। तीनै व्यवसायीलाई किलर समूहले एकै प्रकारले डोरी र गम्छाले घाँटी कसेर हत्या गरी नुन हालेर खाल्डोमा गाडेका थिए।