१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Sunday, 11 May, 2025
२o७८ माघ २२ शनिबार १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश सभाबाट चार वर्षमा ४४ विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १o:१८:oo

प्रदेश सभा स्थापना भएको चार वर्षमा मधेस प्रदेश सभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेश सभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ । 

प्रदेश सभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ टुंग्याउन सफल मधेस प्रदेश सभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ । संघीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रूपान्तरणसम्बन्धी प्रदेश सरकारबाट आएका महत्त्वपूर्ण विधेयक पारित गर्ने यस प्रदेशले बनाएका कतिपय महत्त्वपूर्ण ऐन कार्यान्वयनमा चुनौती देखिएको प्रदेश सभा सदस्यहरू बताउँछन् । 
 
स्वास्थ्य सेवा, प्रदेश पदक, आर्थिक, प्रदेश प्रहरी सेवा, दलित सशक्तीकरण, प्रदेश निजामती सेवा, प्रदेश आर्थिक, प्रदेश विनियोजन, जनलोकपाललगायतका महत्त्वपूर्ण ४४ वटा विधेयकहरू प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । उनका अनुसार प्रदेश आवश्यक सेवा सञ्चालन, प्रदेश बालिका संरक्षण र खोप सेवा सञ्चालन गर्ने विधेयक प्रदेशस भामा छलफल हुन बाँकी छ । प्रदेश सभाअन्तर्गतको विभिन्न समितिमा नौवटा विधेयक विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवलायका सचिव यादवले बताए ।  

प्रदेश सरकारको विभिन्न मन्त्रालयहरूले तयार गरी विषयगत समितिमा पठाएको प्रदेश जाँचबुझ आयोग गठन, मदर्सा शिक्षा बोर्ड गठन, प्रदेश सभा सञ्चालनसम्बन्धी र प्रादेशिक सवारी तथा यातायात, प्रदेश प्रशासन, संस्था दर्तासम्बन्धी, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापनासम्बन्धी, प्रदेश सहकारी, कर तथा गैरकर राजस्व लगाउनेसम्बन्धी विधेयक विचाराधीन अवस्थामा रहेको सचिव यादवको भनाइ छ ।