मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओमिक्रोनको संक्रमणदर घट्दो क्रममा छ : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दै गएको बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दो अवस्थामा रहेको जानकारी दिएकी हुन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एकजना मान्छेमा भएको भाइरस तीनजनामा सर्ने गरेकोमा अहिले त्यो दर बिस्तारै घटिरहेको बताएकी हुन् । 

‘पहिल्लो डेटाअनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ ।  भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले तीनजनालाई संक्रमित गर्थ्याे भने त्यो दरचाहिँ अब बिस्तारै घटिराखेको छ,’ प्रवक्ता मिश्रले भनिन्, ‘यो अवस्था सबै प्रदेशमा छ । संक्रमणदर ‘डिक्रिजिङ’ अवस्थामा छ ।’ उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरूमा पनि ओमिक्रोनको संक्रमणदर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको बताइन् । 

प्रवक्ता मिश्रले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेशस्तरमै भण्डार केन्द्रहरूको व्यवस्था भएको र हुँदै गएको छ । त्यसैगरी खोप लगाउने काममा पनि कोही नागरिक नछुटून् भनेर सरकारले नागरिकतालगायतका डकुमेन्टहरू नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको उनले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।