१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ :  महावाणिज्यदूत कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२o:oo

नेपाल–माेरिसस बिजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको माेरिससको राष्ट्रिय फुटबललाई टोलीलाई काठमाडौंमा रात्रिभोजको आयोजना गरेको छ । उक्त रात्रिभोजमा  नेपालका लागि माेरिससका अवैतनिक महावाणिज्यदूत गणेश कार्कीले खेलकुदले दुई देशको सम्बन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाइचारा सम्बन्ध विकासकाे  सन्देश प्रवाह गरेको बताए ।

कार्कीले भने,  ‘हामीले अब खेलकुदको माध्यमबाट पर्यटनलाई चलायमान बनाउन सक्छौँ भन्ने विश्वास पनि लिएका छौँ ।’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र माेरिससबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरेको र खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल संघ र अध्यक्ष कर्माछिरिङ शेर्पाप्रति आभार प्रकट गरे । महावाणिज्यदूत कार्कीले माेरिससको राष्ट्रिय टोलीका सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका छन् । 

यस्तै, नेपाल–माेरिसस बिजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपाललाई बधाई दिँदै  माेरिससको टोलीले राम्रो खेल प्रदर्शन गरी नेपालीको मन जितेको  भन्दै धन्यवाद व्यक्त गरे । नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको  थियो । नेपाल र माेरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए  ।  दुईवटा मैत्रीपूर्ण खेल खेलेको नेपालले  १–० ले जितेको थियो

ad
ad