१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ माघ १७ सोमबार २१:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ माघ १७ सोमबार २१:४९:००

डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन हुने जनाएको छ । 

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको प्रशासनले जनाएको छ । 

प्रशासनको आदेशअनुसार जिल्ला सञ्चालनमा रहेका हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न भनेको छ ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने नेपाल सकारकारको ३० पुसको आदेशबमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।