Skip This
हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त गीतको अडियो–भिडियो कलाकार आचार्यले सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्। 

गीतले समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट हुने मानव बेचबिखनका घटनाक्रमहरूलाई समेटेको छ। त्यस्तै गरिबी, बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने गरेको विषय गीतमा उल्लेख गरिएको छ।   

समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बनाइएको उक्त गीत प्रहरी कार्यालयहरूले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रूपमा प्रचारप्रसार गर्ने बताइएको छ।