१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ४ शुक्रबार ११:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छुट्टाछुट्टै  घटनामा संलग्न चार पक्राउ

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:o१:oo

सर्लाही प्रहरीले विभिन्न घटनामा संलग्न चारजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी गरेको आरोेपमा जिल्लाको बलरा नगरपालिका– ७, गडहियानिवासी इजराइल मन्सुरी उर्फ एमडी राजालाई पक्राउ गरेको हो । पक्राउ परेका मन्सुरले अतिमुल्ला मियाँका छोरालाई प्रहरी विभागमा जागिर लगाइदिने प्रलोभन देखाएर आठ लाख ठगी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोेकीका अनुसार पक्राउ परेका उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ

यस्तै, अवैध लागुऔषध गाँजासहित प्रहरीले मलंगवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको मलंगवा नगरपालिका– ७ गणेसिया टोलमा चेक प्वाइन्ट थापेर बसेको प्रहरी टोलीले लागुऔषध गाँजा २० किलो नाै सय ग्रामसहित मकवानपुरको कैलाश गाउँपालिका– ५, बस्ने ३० वर्षकी करिश्मा मोक्तानलाई पक्राउ गरेको हो । मोक्तान प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा गाँजा लिएर हिँड्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको हो । 

पक्राउ परेकी मोक्तानको साथबाट बरामद भएको गाँजा र एक थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

यस्तै, अवैध लागुऔषधसहित प्रहरीले कविलासीबाट दुईजनालाई पक्राउ गरेको छ । आइतबार राति मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका– ८ बाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका– ८ बस्ने ४३ वर्षका अख्तर हुसैन र ईश्वरपुर नगरपालिका– ६ बस्ने ३६ वर्षका अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरू दुवैजना भारतीय नम्बरप्लेट HR २६ BF १८७६ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये लामा कारचालक भएको खुलेको छ ।

कारमा सवार हुसैनको साथबाट चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई–टिच इन्जेक्सन ३ पिस बरामद भएको हो । प्रहरीले पक्राउ गरेका दुवैजना र उनीहरू सवार कारसहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

ad
ad