१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

मनाङमा एक हजारले लगाए बुस्टर खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:२६:oo

हिमपातमै बुस्टर खोप अभियान सञ्चालन

हिमाली जिल्ला मनाङमा नाै सय ९५ जनाले बुस्टर खोप लगाएका छन् । हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड– १९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिसिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथामिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाइएकोे छ । आचार्यका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो ।

१८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो  खोप लगाए

मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोप लगाउनेकाे संख्या चार हजार तीन सय ९९  रहेको आचार्यले जानकारी दिए । उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा गत आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट लगाउने तयारी छ । नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ  ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले चिसोका कारण मनाङका धेरैजसो स्थानिय जिल्लाबाहिर भएकाले सोचेअनुरूप खोप दिन नसकिएको बताए । उनले जिल्लामा कोरोनाको खोपलाई प्रथामिकतामा राखिएको बताए । 

०७७ माघ महिनामा १८ वर्षमाथि उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला मनाङ नै हो ।

ad
ad