१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले शिक्षामा लगानी बढाउन कानुनी व्यवस्था गर्दै छ : राज्यमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार १२:५२:oo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्। शनिबार काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार लागि परेको बताएका हुन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुन बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताए।‘ अब संघीय कानुन बनिसकेपछि तीनवटा कानुन बन्दै छ। एउटा स्कुल लेभलको कानुन। टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ। त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ। त्यो कुराको अपेक्षा गरौँ। यस कुरामा म तपाईंहरूलाई आश्वस्त पनि गराउन चाहन्छु,’ उनले भने।

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरूलाई आह्वान गरेका छन्।