१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा गठबन्धनका दुवै उम्मेदवार विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५४:oo

राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशतर्फका दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार हेटौँडा– ८ औद्योगिक क्षेत्रमा भएको मतदानमा अन्यतर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना विजयी भएका हुन् । 

तिमल्सिनाले स्थानीय तहतर्फ १ सय १६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ १ सय १७ मत अर्थात् २ हजार १ सय ६ मतभार प्राप्त गरेका थिए । 

तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७ सय ३६ मतभार गरी कुल ४ हजार ८ सय २४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात् २ हजार ६ सय ८८ मतभार गरी कुल ४ हजार ७ सय ९४ मतभार प्राप्त गरे । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ १ सय १७ मत अर्थात् २ हजार १ सय ६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २ सय ५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी थिइन् । 

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ १ सय १६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २ सय ५६ मतभार गरी कुल ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका थिए ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले पनि कुल ८४ मतभार प्राप्त गरेका थिए ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा ३ सय ४६ मतदाता रहेका थिए । प्रदेश सभा सदस्यको १ सय ९ मध्ये १ सय ६ मत खसेको थियो । स्थानीय तहतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो । 

निर्वाचनमा स्थानीयतर्फ १ मतको मतभार १८ र प्रदेशतर्फ १ मतको मतभार ४८ रहने व्यवस्था छ । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।
 

ad
ad