निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
जीवन बस्नेत काठमाडौं
२०७८ माघ १२ बुधबार १२:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको दुईतिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोवास 

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ माघ १२ बुधबार १२:२५:००

०७८ को जनगणनामा सहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना ०६८ मा १७ दशमलव ०७ प्रतिशत सहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो। तर, संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामीण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो।

०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्याको विश्लेषण गरिएको थियो। नेपाल सरकारबाट घोषित दुई सय ९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र सोबाहेकको चार सय ६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा सहरी जनसंख्याको वर्गीकरण गरिएको छ। 

प्रविधिको प्रयोग गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनजगणा 
राष्ट्रिय तथ्यांक विभागले प्रविधिको प्रयोग गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनजगणा गरेको जानकारी दिएको छ। ‘स्थलगत गएर जनगणना गर्न नसकेपछि प्रविधिको प्रयोग गरेर जनगणना गरिएको छ,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने। त्यो क्षेत्रमा कति जनसंख्या छ भनेर विभागले सार्वजनिक गरेको छैन। ‘अहिले प्रारम्भिक तथ्यांक मात्र सार्वजनिक गरिएकाले व्यक्तिगत विवरण दिन सकिएन, पछि सार्वजनिक गर्नेछाैँ,’ उनले भने। 

धेरै जनसंख्या काठमाडौं जिल्लामा, सबैभन्दा कम जनसंख्या मनाङमा
नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार पाँच सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा पाँच हजार ६ सय ४५ जनाको अक्सर बसोवास रहेको छ। मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू भएका छन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन्। 

मधेस प्रदेशमा सबैभन्दा धेरै ६१ लाख जनसंख्या 
मधेस प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार दुई सय ८८ जनसंख्या रहेको छ। यो कुल जनसंख्याको २० दशमलव ९९ प्रतिशत हो। सबैभन्दा न्यून जनसंख्या कर्णाली प्रदेशमा १६ लाख ९४ हजार आठ सय ८९ जना रहेका छन्। यो कुल जनसंख्याको ५ दशमलव ८१ प्रतिशत मात्र हो। दोस्रो धेरै जनसंख्या हुने प्रदेश बागमतीमा ६० लाख ८४ हजार ४२ जना रहेका छन। यो कुल जनसंख्याको २० दशमलव ८४ प्रतिशत हो । तेस्रोमा लुम्बीन प्रदेशमा १७ दशमलव ५५ प्रतिशत जनसंख्या रहेको छ। यो ५१ लाख २४ हजार दुई सय २५ जना हो भने चौथोमा प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना (१७ दशमलव ०३ प्रतिशत) रहेको छ। पाँचौँ र छैटौमा क्रमशः सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्। ती प्रदेशमा क्रमशः २७ लाख ११ हजार दुई सय ७० र २४ लाख ७९ हजार ६ सय ४५ जना रहेका छन्। 

देशभर ६७ लाख ६१ हजार घर परिवार, घर भने ५६ लाख ४३ हजार मात्र 
देशभर ६७ लाख ६१ हजार ५९ घर परिवार संख्या रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। मुलुकभर घरको संख्या भने ५६ लाख ४३ हजार नाै सय ४५ देखाएको छ। ‘एउटै घरमा एकभन्दा बढी परिवार बस्ने गरेको देखियो,’ विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने।  
यसअनुसार २०७८ मा एक सयवटा घरमा एक सय २० परिवार बस्छ। यसअघि ०६८ मा एक सय घरमा एक सय १८ परिवार बस्ने गरेको थियो। ०६८ मा परिवार संख्या ५४ लाख २७ हजार तीन सय दुई थियो। पछिल्लो १० वर्षमा १३ लाख ३३ हजार पाँच सय ३१ परिवार संख्या थप भएको छ। 

विदेशमा अक्सर बसोवास गर्ने जनसंख्या २१ लाख ६९ हजार चार सय ७८ जना 
जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा २१ लाख ६९ हजार चार सय ७८ व्यक्ति नेपालको परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिएको छ। त्यसमध्ये १७ लाख ६३ हजार तीन सय १५ पुरुष (८१.२८ प्रतिशत र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन्। दश वर्षअघि ०६८ सालगा घरपरिवारमा अनुपस्थित (विदेशगा अक्सर बसोवास गर्नेहरूकाे संख्या १९ लाख २१ हजार चार सय ९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला दुई लाख २७ हजार चार सय  (१२.३६ प्रतिशत थिए। ०६८ को तुलनामा २०७८ मा बिदेसिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ। भौगोलिक क्षेत्रअनुसार अनुपस्थित जनसंख्याको विशेषण गर्दा तराईमा १० लाख ६५ हजार नाै सय ६९, पहाडमा नाै लाख ८४ हजार आठ सय ९६ र हिमालबाट १ लाख १८ हजार ६ सय १३ रहेका थियो।