१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही हुन्छ : श्रममन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:१६:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्‍याई नेपाली युवालाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे ।

मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकहरूले आफ्ना गुनासोहरू सीधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरे । उनले  दलालहरूबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरूको खोजी, श्रम सम्झौता र विभिन्न देशका कूटनीतिक नियोगहरूसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताए ।

उनले  दलालहरूले नेपाल सरकारले प्रतिवन्ध गरेका देशहरूमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूले प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे । 

ad
ad