१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन र निर्वाचनबारे देउवा एकलौटी रूपमा प्रस्तुत भएको भन्दै इतरसमूहमा असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

कांग्रेसको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवा एकलौटी रूपमा प्रस्तुत हुन खोजेको निष्कर्ष निकालेको छ। नेता शेखर कोइरालाले आफूनिकट नेताहरुसँग गरेको भर्चुअल संवादका क्रममा देउवाले इतरसमूहलाई बेवास्ता गरेको भन्दै गठबन्धन, स्थानीय तह निर्वाचनलगायतका विषयमा एकलौटी रूपमा प्रस्तुत हुन खोजेको निष्कर्ष निकालेको हो। 

संवादमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार सहभागी नेताहरूले गठबन्धनको निरन्तरता, राष्ट्रिय सभा निर्वाचन तथा स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीमा छलफल नगरी निर्णय गरेकामा असन्तुष्टि पोखेका थिए। उनले यसबारे सभापति देउवाको ध्यानाकर्षण गराउने निर्णय भएको नयाँ पत्रिकालाई जानकारी दिए।

‘संवादमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । पछिल्लो समय गठबन्धन, राजनीतिक संयन्त्र, निर्वाचनलगायतका विषयमा सभापतिले गरेको निर्णयका सम्बन्धमा धारणा राखिएको थियो, ’उनले भने, ‘धारणा राख्ने क्रममा सभापतिले पार्टीमा छलफलै नगरी आफूखुसी निर्णय गरेकामा अधिकांशको असन्तुष्टि देखिएको थियो, हामी यसबारे सभापतिको ध्यानाकर्षण गराउँछौँ।’

भर्चुअल संवादमा नेताहरू गगन थापा, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायतको उपस्थिति थियो।