मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से करिब १०० अंकले घट्दा आठ अर्ब बढीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

आइतबार १० अंकले घटेको नेप्से परिसूचक सोमबार झन्डै १०० अंकले गिरावट आएको छ। सोमबार नेप्से ९९.८६ अंकले घटेर दुई हजार ८२०.६५ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स  १८.०८, फ्लोट इन्डेक्स ७.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.१७ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीका एक करोड ७० लाख ६३ हजार कित्ता सेयर आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। आज ८ कम्पनीको सेयरमूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये वित्त, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटेल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बिमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्।

नेप्से उच्च अंकले घटे पनि आज दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति लाइफ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य सामान्य बढेको छ। यता कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटेलको सेयरमूल्य सबैभन्दा धेरैले घटेको छ।