मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता थापालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साँझ गरिएको परीक्षणमा थापालाई कोरोना पोजिटिभ देखिएको हो। उनलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो। 
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापा मालीगाउँस्थित घरमै आइसोलेसनमा बसेको उनका छोरा एवं कांग्रेस युवा नेता सिद्धार्थ थापाले जानकारी दिए। ‘स्वास्थ्य अवस्था असहज भएपछि आइतबार साँझ सिद्धि पोलिक्लिनिकमा परीक्षण गराएका थियौँ। कोरोना पुष्टि भएपछि उहाँ औषधि सेवन गरेर घरमै आइसोलेसनमा बस्नुभएको छ,’ सिद्धार्थले नयाँ पत्रिकासँग भने।