मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दाका फरार अपराधी १७ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

नकवजनी चोरी मुद्दामा दोषी साबित भई फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। काठमाडौंमा पसल चोरी गरेको मुद्दामा दोषी साबित भई फरार रहेका रामेछापको दोरम्बा सैलुङ गाउँपालिका– ४ गौश्वाराका ४५ वर्षीय श्यामबहादुर थापामगरलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

काठमाडाैं जिल्ला अदालतले ०६१ साल जेठ २ गते दोषी ठहर गरी एक लाख १६ हजार सात सय जरिवाना र दुई महिना ६ दिन कैद फैसला सुनाएको थियो। अदालतको फैसलालगत्तै थापामगर फरार भएका थिए।

उनी लुकी–पिछी आफ्नै घरमा बस्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरी टोलीले गौश्वाराको पासी वनमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका थापामगरलाई सोमबार रामेछाप जिल्ला अदालतमा बुझाई अदालतको आदेशअनुसार आजैबाट कैद भुक्तान हुने गरी जिल्ला कारागार कार्यालय रामेछापमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए।