मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २१:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५५:oo

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारमा चासो देखाएका छन् । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा उनले  जानकारी लिएका छन् । 

मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख, प्रदेशका मन्त्रीहरू, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर उनले आइतबार जानकारी लिएका हुन् । शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरू प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाब दिए । उनले पर्याप्त मात्रामा पिसिआर परिक्षण नभएको, सिरिन्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको बताउँदै तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न सुझाब दिए । सरकारको पहिलो दायित्व  नागरिकको जीवनरक्षा भएको उनले स्मरण गराए ।
मुख्यमन्त्री केसीले प्रदेशका मन्त्रीहरूको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमन थालिएको बताए । केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही , कपिलवस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए ।  
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले प्रदेशमा कोरोना संक्रमणको अवस्थाबारे जानाकारी गराएका थिए  । 
यस्तै, प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवारकल्याणमन्त्री इन्द्रजित थारूलगायतले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका प्रयासका बारेमा धारणा राखेका थिए।