१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Wednesday, 02 July, 2025
२o७८ माघ ९ आइतबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यराति पठाओ राइडर अपहरण : भाडा दिनुको साटो लुटपाट गरी हातखुट्टा बाँधेर छाडिदिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १७:५२:oo

गएराति एक पठाओ राइडर अपहरणमा परेका छन्। अपहरित व्यक्ति २५ वर्षीय प्रविन राई हुन्। उनलाई २१ वर्षीय सुमन तामाङ र २६ वर्षीय मीनराज राईले अपहरण गरेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार सुमन कोटेश्वरबाट पठाओमा चढेका थिए। उनले राति ११ः३० बजेतिर धापाखेलसम्म छाडिदिन पठाओ राइडरलाई आग्रह गरेका थिए। धापाखेल पुगेपछि सुमन र उनका साथी मीनराज मिलेर प्रविनलाई लुटपाट गरी मुखमा बाक्लो टेप लगाएर हातखुट्टा बाँधेर छाडेका थिए। लगत्तै राइडर राईको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर उनीहरूका भागेका थिए।

राति करिब २ बजे स्थानीय व्यक्तिले प्रविन छटपटाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘उनीहरूले राइडरलाई धापाखेलस्थित आँखीदह भन्ने ठाउँसम्म लैजान भनेका रहेछन्, राइडरले सोझो हिसाबले त्यहाँसम्म लगे,’ ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले भने, ‘त्यहाँ उनीहरूले पठाओका चालकलाई लुटपाट र कुटपिट गरी छाडेका रहेछन्। मध्यरातमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए।’

राइडरको खल्तीमा भएको नगद आठ हजार र  मोटरसाइकल लिएर उनीहरू भागेका थिए। आइतबार बिहान बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल बेच्न लागेको अवस्थामा प्रहरीले दुवैलाई पक्राउ गरिसकेको छ।