Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ९ आइतबार १५:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ नक्सा राखेर मधेस प्रदेशले सच्यायो राजपत्रको सूचना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ९ आइतबार १५:०९:००

प्रदेश २ को नाम ‘मधेस’ भएको जानकारी दिन प्रदेश राजपत्रमा प्रकाशित सूचनामा नयाँ नक्सा प्रयोग गरी त्रुटि सच्याइएको छ। प्रदेश सरकारले यसअघिको सूचनामा निशान छापमा प्रयोग भएको नेपालको पुरानो नक्सालाई सच्याएर लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको सूचना निकालेको हो। 

मधेस प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार भूलवश प्राविधिक त्रुटि भएकाले सच्याइएको जानकारीसहित प्रदेश सरकारले पुनः राजपत्र छापेको हो। माघ ३ मा प्रदेश २ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर कायम गरेको थियो। यसबारे प्रदेश सरकारले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेको थियो । सूचनामा नेपालको पुरानै नक्सा प्रयोग भएपछि यसको आलोचना हुँदै आएको थियो ।