१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ९ आइतबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर शाक्यद्वारा चाबहिल र मित्रपार्कमा आकाशेपुल शिलान्यास (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १३:३९:oo

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशेपुलको शिलान्यास गरिएको छ। आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आकाशेपुलको शिलान्यास गरेका हुन्।

पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशेपुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। उनले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माणकार्य सम्पन्न हुने बताए।

‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ। जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ। त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो। बाटो फराकिलो छ, तर जाम हुन्छ। पहिला पनि यहाँ स्थानीको मागअनुसार चाबहिल चोकको दक्षिणपट्टि एउटा पुल हामीले बनाइसक्यौँ,’ उनले भने, अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ। यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ। जयबागेश्वरीमा पनि सुरु भइसकेको छ।’

पुल निर्माणको ठेक्का सबिरा कन्स्ट्रक्सनले पाएको छ भने ०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्नेछ। दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइको हुनेछ।