मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्क अभियानलाई प्रभावकारी बनाउन सिडिओ र एसपी सडकमा 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासन त्यसको रोकथाम तथा न्यूनीकरणका लागि मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ। 

मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक वसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितका सरोकारवालाहरूले  जनकपुर बजारमा मास्क वितरण गरेका छन् ।  उनीहरूले मास्क नलगाउनेलाई लगाउन आग्रहसमेत गरे। 

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब एक सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो।