Skip This
नियमित बिजुली माग गर्दै बाजुरा प्राधिकरणमा तालाबन्दी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Tuesday, 11 August, 2026
गगन अयडी बाजुरा
२o७८ माघ ७ शुक्रबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नियमित बिजुली माग गर्दै बाजुरा प्राधिकरणमा तालाबन्दी 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o९:१९:oo

जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्र र त्रिवेणी साना जलविद्युत् कार्यालयमा मंगलबारदेखि नागरिक समाजले बन्दी गरेका छन् । कार्यालयमा नियमित विद्युत्को माग गर्दै तालाबन्दी गरेका हुन् । पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकार निकायमा नियमित विद्युत्को माग गर्दा कुनै सुनुवाइ नभएपछि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बाजुरा साना विद्युत् केन्द्रको कार्यालयमा समेत तालाबन्दी गरेको नागरिक समाजका सदस्य सुरेन्द्रनाथले जानकारी दिए ।

बिद्युत् प्राधिकरण र बाजुरा साना जलविद्युत् केन्द्रका कार्यालयमामा लगाएको ताला ठोस निर्णय नआएसम्म र केन्द्रीय प्रसारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म ताला नखोल्ने नागरिक समाजका अगुवाहरूले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । केही दिनअगाडि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको नागरिक समाजले विद्युत् नियमितसम्बन्धी प्रशासन र विद्युत् प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । 

कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युत्का पोल गाड्नेबाहेक प्रगति नगरेको प्राधिकरणले बिजुली बाल्ने ग्यारेन्टी नदेखाएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा गोपाल कार्कीले बताए ।   सदरमुकाम मार्तडीवासी दैनिक १० घन्टा लोडसेडिङको मारमा परेका छन् । सदरमुकाम मार्तडीजस्तो ठाउँमा नियमित विद्युत् नहुँदा कार्यालयका कामहरूमा अवरुद्ध भएको छ । 

जिल्ला प्राधिकरण कार्यालय बाजुरा प्रमुख ललितकुमार मण्डलले केन्द्रीय कार्यालय काठमाडांैलाई नागरिक समाजको मागसम्बन्धी जानकारी गराएको तर, केन्द्रीय कार्यालयबाट कुनै सुनुवाइ नगरेको बताए । केन्द्रीय कार्यालयबाट कुनै जानकारी नआउँदासम्म आपूm केही गर्न नसक्ने उनको भनाइ छ । कार्यालय प्रमुख मण्डलले त्रिवेणी बचत सहकारी संस्था लिमिटेड र विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबीच २० वर्षका लागि त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुरालाई सञ्चालनका लागि लिजमा दिएको बताए ।