मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाँकेमा एकैदिन एक सय २९ जनामा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

बाँकेमा कोभिड–१९ संक्रमितको संख्या बढ्दो छ । बाँकेका विभिन्न पिसिआर ल्याबमा एक सय ६७ जनाको स्वाब जाँच गर्दा एक सय सात र जमुनाहस्थित हेल्थडेस्कमा एन्टिजेनमार्फत जाँच गर्दा २२ गरी एक सय २९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए । पोजेटिभमध्ये बाँकेका ७८ जना छन् । 

उनका अनुसार बिहीबार भेरी अस्पतालको पिसिआर ल्याबमा ८६ जनाको स्वाब जाँच गर्दा ७० जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५२ जनाको जाँच गर्दा २२ र वागेश्वरी डाइग्नोस्टिक सेन्टरमा २९ जनाको जाँच गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ।

उनले जमुनास्थित हेल्थडेस्कमा एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्दा २२ जनामा कोरोना देखिएको छ। हालसम्म भेरी अस्पतालको कोभिड आइसोलेसनमा ३२ जना भर्ना भएका छन् । यीमध्ये आइसियू र भेन्टिलेटरमा एक–एकजनाको उपचार भइरहेको ओलीले जानकारी दिए। उनका अनुसार दुई सय तीन महिला र दुई सय ४९ जना पुरुषसहित चार सय ५२ जना होम आइसाेलेसनमा छन् ।