१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेश : वीरगन्ज राजधानी हुनुपर्ने माग गर्दै चौथो दिन पनि मुख्यमन्त्रीविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

गत सोमबार मधेस प्रदेशको राजधानी जनकपुर तोकिएको विरोधमा वीरगन्जमा लगातार प्रदर्शन भइरहेको छ । मधेस प्रदेशको सभामा भएको मतदानका साथ दुईतिहाइ बहुमतले स्थायी राजधानी जनकपुर तोकिएपछि पछिल्लो चार दिनदेखि लगातार वीरगन्ज आन्दोलित छ । वीरगन्जवासीले प्रदेश–२ को स्थायी राजधानी जनकपुर स्वीकार नगर्ने अडान कायम राख्दै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्दै प्रदर्शन गरिरहेका छन् । 

चार वर्ष बित्न लाग्दा पनि प्रदेशको नाम र स्थायी राजधानी तय गर्न नसकेको भनी आलोचित भइरहेको प्रदेश–२ सभाले गत सोमबार दुवै कार्य सम्पन्न गरेको थियो । प्रदेशको नाम ‘मधेस’ राखिँदा गौरव महसुस गरेका वीरगन्जवासी स्थायी राजधानी जनकपुरधाम हुने निर्णयमा भने प्रसन्न हुन सकेका छैनन् । जसका कारण वीरगन्जमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रदर्शनमा जिल्लाका प्रमुख राजनीतिक दलकै युवा तथा विद्यार्थी संगठनका नेता–कार्यकर्ता सहभागी हुँदै आएका छन् ।
बिहीबार पनि वीरगन्जका विभिन्न पार्टीमा आवद्ध युवा विद्यार्थीहरूद्वारा बनाइएको ‘वीरगन्ज राजधानी बनाऊ संघर्ष समिति’ मार्फत मुख्यमन्त्रीविरुद्ध प्रदर्शन भएको छ ।

वीरगन्ज राजधानी बनाऊ संघर्ष समितिका संयोजक महम्मद निजामुद्दिनको अगुवाइमा घण्टाघर चोकमा सहभागी भएर उनीहरूले मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको आरोप दोहोर्याएका छन् ।