१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माघ ११ देखि माघ मसान्तसम्मका लागि लोकसेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:४९:००

लोकसेवा आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि तय गरिएका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 
बढ्दो कोरोना भाइरस संक्रमणका कारण सो निर्णय गरेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए । आयोगले माघ महिनामा उपसचिव प्राविधिक, स्वास्थ्य नवौँ तह, संगठित संस्था ( नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत् प्राधिकरण) का  लिखित परीक्षा तय गरेको थियो । 

माघ मसान्तसम्मका लागि सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिए पनि अन्तर्वार्ता र नियमित काम भने सञ्चालन हुने प्रवक्ता सुवेदीले जानकारी दिए ।