Skip This
कोरोनाविरुद्धको अभियानमा जुट्न गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाविरुद्धको अभियानमा जुट्न गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना संक्रमणविरुद्धको अभियानमा जुट्नका लागि आग्रह गरेका छन् । नेपाली कांग्रेस बाग्लुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै कोरोनाको तेस्रो लहरबाट बच्नका लागि सबै नागरिक सचेत हुनुपर्ने बताए ।

उनले दैनिक संक्रमण दर बढ्दै गएको हुनाले यसको न्यूनीकरणका लागि सबै तहबाट सहयोगको आवश्यकता रहेको बताए। उनले गण्डकी प्रदेश सरकारका सबै नागरिकसमक्ष अबको केही महिनामा कोरोनाविरुद्धको खोप पुर्‍याउने लक्ष्य रहेको पोखरेलले बताए । 

पोखरेलले आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष समयमा नै सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने बताए। 

उनले बाग्लुङ विकास निर्माणका साथै अन्य क्षेत्रमा पनि अग्रसर जिल्ला भएको बताए। पोखरेलले विकास निर्माणका लागि नेपाली कांग्रेसले अग्रणी भूमिका खेलेकोे दाबी गरे। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पोखरेलले कार्यकर्तालाई अबका दिनमा निर्वाचनलक्षित कार्यक्रम तय गर्न आग्रह गरे ।