१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ४ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता मिलाइदिन संसदीय समितिमा सचिवको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १८:oo:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेको छ। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यही माघ, फागुन र चैत्र महिनाका लागि भए पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था मिलाइदिन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलाई आग्रह गरेका हुन्।

मंगलबार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै पोखरेलले स्वास्थ्यकर्मीहरूले सो भत्ता चालू आर्थिक वर्षयता नपाएको उल्लेख गर्दै अर्थ मन्त्रालयसँग कुरा गर्दा विवाद हुने गरेकाले समितिलाई नै सो व्यवस्था गरिदिन आग्रह गर्नुपरेको स्पष्ट पारे। उनले आफू स्वास्थ्य सचिव नै भएको नाताले पनि समितिमा सो विषयमा ध्यानाकर्षण गराउनुपरेको बताए।

‘असारयता हामीले पुससम्म दिन सकेका छैनौँ। त्यही भएर माननीय सभापतिज्यू, मेरो एउटा स्वास्थ्य सचिवको हैसियतले ती स्वास्थ्यकर्मीहरूलाई पुनः ३ महिनाको ५० प्रतिशत भत्ताको चाहिँ माघ, फागुन, चैत्रको फेरि पनि भन्दिने हो कि भन्ने कुरा। यो चाहिँ अर्थसँग बजेट छैन, स्वास्थ्य मन्त्रालय माग्न गयो भने सधैँ विवाद भइरहने हुँदाखेरी माननीयज्यूहरूबाटै यो कुरा अर्थ मन्त्रालयमा गएको खण्डमा स्वास्थ्यकर्मीहरूले ती भत्ता पाउँथे कि भन्ने कुरा स्वास्थ्यकै सचिव भएको नाताले मैले राख्न चाहेँ। त्यो भयो भने उहाँहरूको काम गर्ने मनोबल बढ्ने थियो,’ बैठकमा पोखरेलले भने।

उनले २० देखि २५ लाख खोप नभेटिएको पनि बैठकमा उल्लेख गरे। खोप लगाएको, तर रेकर्ड राख्न कमजोरी भएका कारण त्यो रेकर्ड नभेटिएको सचिव पोखरेलको दाबी छ।