मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ४ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जहाजको ढोका लक नभएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १६:५o:oo

गत आइतबार बिहान १० बजे काठमाडौंदेखि पोखराका लागि उडानमा रहेको गुण एयरलाइन्सको १९०० सी–बिचक्राफ्ट जहाजको ढोका खुलेको घटनाको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक दधिराम निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

समितिमा मन्त्रालयका इलेक्ट्रोनिकल इन्जिनियर नसिव आचार्य, प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ र एरोनोटिकल इन्जिनियर रितेशराज पन्त रहेका छन्। घटनाबारे सत्यतथ्य पत्ता लगाउन समितिलाई तीन दिनको समयसीमा तोकिएको छ।

गत आइतबार उडानका क्रममा गुण एयरलाइन्सको उक्त जहाजको ढोका लक नभएको जहाजको ककपिटले संकेत गरेको थियो। एयर ट्राफिकले तुरुन्तै जहाज अवतरण गर्न निर्देशन दिएपछि जहाज अवतरण भएको थियो।