Skip This
बालविवाह मुद्दामा पाँचजनालाई कैद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाह मुद्दामा पाँचजनालाई कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३२:oo

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँचजनालाई कैद र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँचजनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।

साथै उनीहरूलाई जनही पाँच–पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका– ३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका– ११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ। दुईजनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो। रासस