Skip This
बालविवाह मुद्दामा पाँचजनालाई कैद
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Tuesday, 11 August, 2026
२o७८ माघ ४ मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाह मुद्दामा पाँचजनालाई कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार ११:३२:oo

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँचजनालाई कैद र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँचजनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।

साथै उनीहरूलाई जनही पाँच–पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका– ३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका– ११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ। दुईजनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो। रासस