१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रसुवागढी नाका प्रभावित हुँदा कन्टेनर व्यवसायी मारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo

दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् ।

रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो नाकामा संचालनमा रहेका थिए । तर, अहिले करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको व्यवसायीहरू बताउँछन् । अन्य कन्टेनर व्यवसायीहरूले बिक्रि गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसाय प्रभाबित भएको कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए ।

‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सक्नु न त बैकको किस्ता तिर्न सक्नु, बिजोेक भयो,’ उनले भने, ‘बल्ल तल्ल एक टिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७÷१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४÷५ सय गाडि थियो, अहिले त सय वटा पनि छैन् होला, किस्ताले तान्ने, कोहि कता पुग्यो पुग्यो, सबै सक्कियो ।’ 

सहज रुपमा नाका संचालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको अर्का कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुदै चिनको केरुङसम्मै गाडि लिएर पुग्थ्यौ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन्, बैकको किस्ता पनि तिर्न नसक्ने अवस्था छ,’ उनले भने, अहिले त डाइभरलाई तलब दिन नसक्ने अवस्था छ, धेरै गाडिहरू बैकले तानेको छ, गाडि व्यवसायीहरू धेरै मारमा छन् ।’ 

चिनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैकबाट लाखौ   ऋण लिएर कन्टेनर व्यवसाय सुरु गरेका थिए । एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार किस्ता तिर्नुपर्ने उनी बताउँछन् । अधिकांश व्यवसायीले करिब दुई वर्षदेखिको बैकको किस्ता तिर्न सकेका छैनन् । व्यवसायलाई निरन्तरता दिन धौ धौ भएका बैंकले किस्ता तिर्न ताकेता गरिरहेको गोसाईकुण्ड गाउँपालिका ५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैकबाट लोन लिएको थिए, लकडाउन नभएको भए त पोहोर बैशाख तिर तिरसकिन्थ्यो,’ उनले भने, ‘बैकको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिदै गएको छ, बैकले फोन गरेको गर्यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।’

नाका संचालन नहुँदा कन्टेनर बेचेरै भएपनि बैकको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘मेरो दुई वटा कन्टेनर थियो, समयमा मैले बैकको किस्ता तिर्न सकिन्, अनि एउटा कन्टेनर बेचेर बैकको किस्ता तिरे,’ उनले भने, ‘बैकले व्याज पनि बढाउदै जाने रहेछ, एक वर्षमा ६ लाख किस्ता डियुको ९ लाख सम्म पुगेको छ, अब पनि नाका नचल्ने र व्यवसाय चलेन भने त भएको यो कन्टेनर पनि बेच्नुपर्ने अवस्था हुन्छ ।’

२०७६ माघ १५ देखि गएको २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात चिनले रसुवागढी नाका एकतर्फी संचालन गरेको छ । कोरोनाको कारण देखाउदै चिनले आफनै गाडिमा नेपाल तर्फको भुभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनिया गाडिमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चीनीया गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउदै नेपाली कामदार नाकामा खटिएका छन् ।

ad
ad