मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तुभ्याली चिया उद्याेगमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

इलामको सूर्योदय नगरपालिका– ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। चिया उद्योगको भवन, मेसिन उपकरण र उद्योगमा रहेको तयारी चिया जलेर नष्ट हुँदा दश करोडभन्दा बढीको क्षति भएको छ। 

आइतबार दिउँसो लागेको आगलागीबाट ११०/७० फिट क्षेत्रमा बनेको उद्योगको तीनतले भवनसहित त्यसभित्र रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन, २४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ। आगलागीबाट ८० हजार किलोभन्दा बढी तयारी चिया पनि नष्ट भएको इलाम टी प्रोड्युसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए। 

‘चिया उद्योगको भवन, मेसिन, औजार उपकरण र तयारी चिया सबै काम नलाग्ने भयो,’ काफ्लेले भने, ‘सबै गरेर दश करोडभन्दा बढीको क्षति भयो।’ दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्न सक्ने क्षमता भएको सो उद्योग निजी क्षेबाट स्थापना गरिएको पुरानो चिया कारखानामध्येमा पर्छ। उद्योग २०५३ सालमा स्थापना भएको हो।