Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाल्पा सिमेन्टसँगको सहकार्यमा जलनपीडितको नि:शुल्क उपचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०८:०५:००

सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्षमुनिका एसिडलगायत जलनबाट पीडितहरूको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । 

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल, अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्ध गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात् पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ । २५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपांग वा अंगभंग भएका १८ वर्षमुनिकालाई अपांगरहित जीवनयापनमा सहज होस् भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट वञ्चितहरूलाई यो सहकार्यले मद्दत गर्ने इन्टस्ट्रिजले जनाएको छ । यस्तो महान् कार्यमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञ रहेको बताउँदै सुष्मा कोइराला मेमोरियल अस्पतालले समाजलाई यस्तो सेवा प्रदान गरेकोमा आभारी रहेको इन्डस्ट्रिजले जनाएको छ । आगोले जलेर उपचार नहुँदा आउन सक्ने जटिलताका कारण विशेष गरी निम्न र मध्यम आए भएका बालबालिका र किशोर–किशोरी बढी पीडित छन् ।