Skip This
सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Tuesday, 13 May, 2025
२o७८ माघ २ आइतबार oo:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार oo:१५:oo

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ। 
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पना बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका लगाएर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ। कोठामा चुकुल लगाएर खाटमा सुतिरहेको अबस्थामा उनीहरु मृत भेटिएका थिए। मृतक कल्पनाका श्रीमान कृष्ण बुढा जाजरकोटको शिलालय गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्। मृतक कल्पनाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन।