Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १ शनिबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीता र समिट एयरले गर्‍याे कुकुरको टोकाइबाट घाइते बालिकाको उद्धार 

Read Time : < 1 मिनेट
२०७८ माघ १ शनिबार १७:३२:००

हुम्लामा शुक्रबार कुकुरले टोकेर सख्त घाइते भएकी ७ वर्षीया बालिकाको समिट एयरले निःशुल्क उद्धार गरेको छ। कुकुरले टोकेर घाइते भएकी चंखेली गाउँपालिका– ६ मेल्छामकी बिमारी ऐडीलाई समिट एयरलाइन्सले निःशुल्क उद्धार गरेको हो। बिरामी  र कुरुवा एक /एकजनालाई सीता र समिटले जहाज भाडा निःशुल्क गरेको सीता एयरका हुम्ला इन्चार्ज छेपेल लामाले जानकारी दिए। 

हुम्लादेखि नेपालगन्जसम्मको हवाई भाडा ६ हजार एक सय ३० रूपैयाँका दरले दुईजनाबाट १२ हजार दुई सय साठी सहयोग गरेको इन्चार्ज लामाले बताए। हुम्लाबाट नेपालगन्जसम्म बिरामी र कुरुवालाई सहयोग गरिएको हो। घाइते बालिकालाई जिल्ला अस्पताल हुम्लाबाट नेपालगन्ज रेफर गरिएको जिल्ला अस्पताल स्राेतले जनाएको छ।