१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ १ शनिबार ०६:३६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दक्षिण अफ्रिकालाई सिरिज

Read Time : < 1 मिनेट
२०७८ माघ १ शनिबार ०६:३६:००

दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई सात विकेटले हराउँदै सिरिज जितेको छ । पहिलो टेस्टमा भारतसँग पराजित भएको दक्षिण अफ्रिकाले त्यसपछि लगातार जित निकाली तीन टेस्ट खेलको सिरिज २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दुई सय १२ रनको लक्ष्य पछ्याएको थियो । दक्षिण अफ्रिकाले शुक्रबार चौथो दिन ६३.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

दक्षिण अफ्रिका किगन पिटरसनले एक सय १३ बलमा १० चौकासहित सर्वाधिक ८२ रनको इनिङ्स खेलेका थिए । भान डर डुसेन ९५ बलमा तीन चौकासहित ४१ रनमा अविजित रहे । टेम्बा बभुमा ५८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहे । भारतका मोहम्मद सामी, शार्दुल ठाकुर र जसप्रित बुमराहले एक–एक विकेट लिए । भारत दोस्रो इनिङ्समा ६७.३ ओभरमा एक सय ९८ रनमा अलआउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

भारतका विकेटकिपर ऋषभ पन्तले एक सय ३९ बलमा ६ चौका र ४ छक्कासहित सय रनमा अविजित रहे । पन्तको यो टेस्ट करिअरको चौथो शतक हो । विराट कोहली १ सय ४३ बलमा ४ चौकासहित २९ रन जोडे । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । घरेल टोली दक्षिण अफ्रिका पहिलो इनिङ्समा ७६.३ ओभरमा दुई सय १० रनमा अल आउट भएको थियो ।