१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमार्डाैं
२o८१ जेठ १ मंगलबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमएफले नेपाललाई ४६  अर्ब निर्ब्याजी ऋण दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमार्डाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१८:oo

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आइएमएफले इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (इसिएफ)मार्फत नेपालका लागि २८२.४२ मिलियन एसडिआर (३९५.९ मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । आइएमएफले दिने यो ऋण शून्य ब्याजदरको हुनेछ । 

उक्त ऋण सहायतामध्ये एक सय १० मिलियन अमेरिकी डलरबराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ । बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग गर्ने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिनेछ । उक्त कोषसँग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

‘कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति र प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरूले उच्च प्रशंसा गर्दै परिपूरकका रूपमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएका छन्,’ अर्थ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

ad
ad