मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष ३० शुक्रबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ पौष ३० शुक्रबार १४:४६:००

कोसी राजमार्गको धनकुटा–सिँधुवा सडकखण्डअन्तर्गत गुराँसेनजिक टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र. ३–००१ क ०५४९ नम्बरको हाइवा टिपर दुर्घटना हुँदा चालक प्युठान माण्डवी गाउँपालिका– १ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका– ३ का २१ वर्षीय नवीन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले बताए। 

टिपर दुर्घटना भई पल्टिँदा चालक र सहचालकलाई थिचेको थियो। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ। क्रेनको सहायतामा उनीहरूको मृत शरीर निकालेर पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ।