१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बौद्धिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुन बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:११:oo

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुन बनाइरहेको बताएका छन्। बिहीबार बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नवाैँ वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पत्ति संरक्षणका लागि नयाँ कानुन  बनाइरहेको बताएका हुन्। उनले सरकारले बौद्धिक सम्पत्ति संरक्षणका लागि नीतिमा समावेश नभएका कुरा कानुनमा समावेश भएर आउने  बताए। सचिव पोखरेलले यो विषयमा सरकार गम्भीर भएर लागेको भन्दै कानुन सम्पादन भएर कानुन मन्त्रालयमा पुगेको बताए। निजी क्षेत्रले अब डेलिभरी र सर्भिसको क्षमता नबढाए कुनै पनि क्षेत्रको विकास र विस्तार नहुने धारणा राखे।

त्यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकको अर्थतन्त्र स्कुस, गिटी र बालुवा बेचेर चलाउँछु भन्नेले बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसक्ने बताए। उनले बौद्धिक सम्पत्तिलाई हेला नभएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। श्रेष्ठले गिटी र बालुवा बेचेर मुलुकको अर्थतन्त्र चलाउँछु भन्ने विषय विरोधाभास भएको बताए। श्रेष्ठले सरकारले बौद्धिक सम्पत्तिलाई प्रोसाहन दिएर अझ बलियो बनाए मात्रै अर्थतन्त्र पनि बलियो बन्ने बताए। अब सरकारले उद्योग–व्यवसायमा मात्रै नभएर बौद्धिक सम्पत्तिको संरक्षणको अनुसन्धानमा ठूलो लगानी गर्न सुझाव दिए। श्रेष्ठले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षणका लागि ऐन तथा कानुन नभएको बताए। 

त्यस्तै, अर्थविद् डा. पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताए। उनले पछिल्लो समय विश्वमा व्यापार आधुनिक मोडलमा गएको बताए। अहिले विभिन्न वस्तुको सर्भिसमा आमुल परिवर्तन भएको भन्दै उनले नेपालको व्यापार नीतिमा  त्यो प्रविधिलाई नीतिमा समावेश गर्न नसकेको बताए। उनले अहिलेका पछिल्ला पिँढीका वकिलहरूले समेत नयाँ प्रविधिको एक शब्दसमेत नीतिमा समावेश नगरेको आरोप लगाए। 

डा. पाण्डेले नेपालमा नीति बने पनि कानुन बन्न नसक्दा समस्या आउने गरेको बताए। उनले त्यसका लागि सरकारले समयअनुसारको कानुन निर्माणका लागि पहल गर्नु आवश्यक भएको बताए। 
 

ad
ad