१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३० शुक्रबार
  • Sunday, 11 May, 2025
२o७८ पौष ३० शुक्रबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३० शुक्रबार १३:५८:oo

डिभिजन वन कार्यालय लमजुङले डढेलो नियन्त्रणका लागि पूर्वतयारी थालेको छ ।  जिल्लामा डढेलोका घटना हुन नदिन तथा घटना भइहालेमा अपनाउनुपर्ने सावधानीको पूर्वतयारीका लागि डिभिजन वन कार्यालयले बिहीबार बेसीसहरमा ‘जिल्लास्तरीय वन डढेलो रोकथाम तथा नियन्त्रण अन्तर्क्रिया’ गोष्ठी गरेको हो । 
   
कार्यालयले जिल्लास्थित सुरक्षा निकायलाई डढेलो नियन्त्रणमा प्रयोग गरिने सामग्री पनि प्रदान गरेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले श्रीजंग गण उदीपुर ब्यारेक, सशस्त्र प्रहरी बल नेपाल गुल्म र जिल्ला प्रहरी कार्यालय लमजुङलाई डढेलो नियन्त्रणको सामग्री हस्तान्तरण गरेका हुन् । 
 

डढेलो  लाग्यो भने निभाउन प्रयोग गरिने तथा अग्नि नियन्त्रकले उपयोग गर्ने रेक, रेक हो, स्वाटर, साबेल, ब्याक प्याक पम्प, हेल्मेट, जम्प सुट,  सिम्पल क्याप माक्स, पन्जा लगायतका १० प्रकारका सामग्री प्रदान गरिएको छ । कार्यक्रममा डिभिजन वन प्रमुख पूर्णेश्वर सुवेदीले वन डढलोको विगतको अवस्था, रोकथाम र नियन्त्रण तथा व्यवस्थापनका प्रयासबारे बोलेका थिए । 
     

डढेलोको विगतको अवस्थालाई हेर्दा जलवायु परिवर्तनसँगै मानवीय कारणले डढेलो बढ्ने सम्भावना रहेको  डिभिजन वन प्रमुख सुवेदीले बताए । करिब ९६ प्रतिशतभन्दा बढी वन डढेलो मानवीय कारणले लाग्ने गरेको भन्दै उनले यस्ता घटना हुन नदिन प्रत्येक नागरिक जिम्मेवार बन्न जरुरी रहेको धारणा राखे ।