मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणहिटी  संग्रहालय प्रकरण : प्रहरीद्वारा अनुसन्धान तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०७:१२:००

नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि सम्पदा भत्काइएको घटनाको अनुसन्धानका लागि पर्यटन मन्त्रालयले पठाएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी अनुसन्धान गराउने तयारी गरेको छ । 

सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न पर्यटनले गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । त्यससम्बन्धी पत्र आइपुगेको र कानुनी प्रक्रिया अघि बढेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मुकुन्द आचार्यले बताए । स्रोतका अनुसार हाल पत्र अपराध अनुसन्धान विभागमा पुगेको छ । उसले काठमाडौं प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ । 

पुरातात्विक महत्वको संग्रहालयभित्रका ऐतिहासिक संरचना भत्काएर रेस्टुरेन्ट बनाउनु सम्पदाविरुद्धको कसुर रहेको भन्दै पर्यटन मन्त्रालयको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो । सोहीअनुसार मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीलाई पत्राचार गरेको हो ।

संग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बिपिएस लिजिङ एन्ड मेनेजमेन्टका सञ्चालकमाथि कारबाहीको सिफारिस गरिएको छ । काठमाडौं प्रहरीले सोही पत्रलाई जाहेरी मानेर अनुसन्धान गर्ने तयारी गरेको छ । यस्तो कसुरमा तीन वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।