१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जलनपीडित बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o९:oo

जलनपीडित बालबालिकाको उपचारका लागि निजी क्षेत्रबाट ठूलो सहयोग हुने भएको छ । पाल्पा सिमेन्ट प्रा.लि.ले जलनपीडित बालबालिकाको उपचारका लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 
 
सुष्मा कोइराला मेमोरियल अस्पताल नेपालकै पहिलो जलन उपचार हुने अस्पताल हो । २५ वर्षअघि स्थापित सो अस्पतालमा उपचार गराउने जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टले सहयोग गर्ने भएको हो । सहयोगसम्बन्धी सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकहरू राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल तथा अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. सन्तोष भण्डारी र सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक समारोहबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

सहयोगसम्बन्धी सम्झौतामा विभिन्न प्रकारको जलनबाट हुने पीडित १८ वर्षमुनिका बालबालिकाको अस्पतालले निःशुल्क उपचार गराउने उल्लेख छ । साथै, सिमेन्ट कम्पनीको तर्फबाट वार्षिक ६० लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।  सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाको पहलका कारण सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो कम्पनीले जलनपीडितका लागि निःशुल्क उपचार गराउन सहयोग गरिएको पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बताए । 

सो अवसरमा मेडिकल डाइरेक्टर भण्डारीले जलनबाट पीडितको उपचारका लागि कम्पनीको तर्फबाट सहयोग प्राप्त भएकोमा विशेष धन्यवाद दिएका थिए । उनले जलनपीडितहरू अधिकांश गरिब र असहाय हुने भएकाले सो सहयोगबाट महत्वपूर्ण सघाउ पुग्ने बताए । 

सामाजिक अभियन्ता थापाले जलनपीडितको उपचारका लागि पाल्पा सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोगले महत्वपूर्ण सेवा पुग्ने बताए । विभिन्न प्रकारका जलनबाट नेपालमा मात्र वार्षिक ५० हजार पीडित हुने गरेका छन् ।

ad
ad