Skip This
आज हामीसँग भएको नेपालकाे भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियान हो : गगन थापा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज हामीसँग भएको नेपालकाे भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियान हो : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज नेपालमा भएको भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएको उल्लेख गरेका छन् । ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने तर जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको कुरामा इन्कार गर्न नमिल्ने बताए । 

कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुने भन्दै थापाले पहिलो चरण भौगोलिक एकीकरण भएको बताए । भौगोलिक एकीकरणपश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउने हुँदा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको दाबी गरे । 

पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक नभएको बताए । उनले  पृथ्वीनारायणका सन्ततिहरूले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने उल्लेख गरे ।

उनले लेखेका छन्, ‘हामीले कहिलेकाहीँ तत्कालीक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौँ, त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्यांकन गर्नुपर्छ।’