१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ पौष २७ मंगलबार १३:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कैलालीको अध्यक्षमा थापा विजयी

Read Time : > 1 मिनेट
२०७८ पौष २७ मंगलबार १३:१८:००

नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी रणबहादुर चन्दलाई चार मतको अन्तरले हराउँदै थापा विजयी भएका हुन् । थापाले दुई सय ८७ र चन्दले दुई सय ८३ मत प्राप्त गरे ।
    
यस्तै, उपाध्यक्षमा थापाको प्यानलकै उम्मेदार दुर्गा जोशी तीन सय २७ मत पाएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार चन्द प्यानलका सीताराम बुढाथोकीले दुई सय नौ मत प्राप्त गरे । सचिव र उपसचिवमा भने चन्द प्यानलका उम्मेदवारले जित हासिल गरेका छन् ।
    
सचिवमा डेजी पाण्डेय दुई सय ९४ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी दानबहादुर विक ‘चित्रण’ले दुई सय ६० मत पाए । विक पूर्वमाओवादी हुन् । उपसचिवमा ममतप्रसाद चौधरी दुई सय ९० र लोकेन्द्रबहादुर शाही एक सय ९६ मत पाएर विजयी भए । थापा प्यानलका मदन ओझाले एक सय ७० र प्रेम डगौराले एक सय ७१ मत पाए । उपसचिवमा स्वतन्त्र उम्मेदवारी दिएका विनय शाहले एक सय ७८ मत पाए ।
     
निर्वाचनमा पार्टी अध्यक्ष केपी ओली पक्षकै नेताहरूमा ध्रुवीकरण देखिएको छ । ओली निकट नेताहरू जिल्लामा दुई कित्तामा उभिए । एमाले सचिव एवं प्रदेश इन्चार्ज लेखराजको गृहजिल्लामा पूर्वमाओवादी नेताहरू भने एक ठाउँमा देखिएका थिए, तर पदाधिकारीमा पूर्वमाओवादीले जित्न सकेनन् । थापाको प्यानललाई सचिव भट्टसहित पूर्वमाओवादी नेताहरू र प्रदेशका सहइन्चार्ज कर्ण थापाको समर्थन थियो । 

नारदमुनि राना, लीला भण्डारी, कमला वलीलगायत अध्यक्ष ओली पक्षकै नेताहरूले चन्दको टिमलाई साथ दिएका थिए । एमाले नेता भीम रावलनिकट झपट रावललगायत नेता कार्यकर्ता पनि चन्द नेतृत्वको प्यानलको पक्षमा देखिएका थिए । 
माओवादी त्यागेर   दल   एमालेमा गएका सचिव भट्टसँगै गएका पूर्वमाओवादी नेताहरू थापाको प्यानलबाट उम्मेदवार बनेका छन् । सदस्यको अन्तिम मतपरिणाम भने आइसकेको छैन ।